Section 32
गलत लिखतलाई मान्यता दिन नहुने
(१) निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीले कुनै लिखत, कागजात, अभिलेख वा विवरण झुट्टा हो भन्ने मनासिब आधार र कारण हुँदाहुँदै त्यस्तो लिखत, कागजात वा अभिलेखलाई कानून बमोजिमको प्रयोजनका लागि मान्यता दिन हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम कारबाही हुनेछ ।